logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

भरतपुरबाट नगरबस विस्थापित, यात्रुलाई मर्का


  • जन आकाश
  • शुक्रबार, बैशाख ६ २०७६

–चितवनबाट मोहन पोखरेल
चितवन । भरतपुर महानगरका लागि संचालनमा ल्याउन लागिएको २५ वटा नगर बस भरतपुर महानगरपालिकाले रुट निर्धारण नगरेका कारण नगरबाट विस्थापित भएका छन् । ग्लोबल मेट्रो सिटी प्रा.लि. नारायणगढका अध्यक्ष बद्री प्रसाद अधिकारीका अनुसार महानगरले सिटी बसका लागि रुट नदिने, बजारमा चलेका म्याजिक, अटो रेक्सा र प्रदुषित वातावरण फैलाउने किसिमका पुराना टेम्पो विस्थापित नगरी यथावत रुपमा चलाउन दिँदा नगर बस संचालनमा बाधा व्यवधान खडा भएको हो । केही महिनामात्र नगर बसलाई प्रयोगमा ल्याइएकोमा साना सवारी साधनले रुट नदिएका कारण पनि नगर बसलाई बाध्यतावस विस्थापित गर्नु परेको हो । ग्लोबल मेट्रोका सिटीका एक कर्मचारीले बताए । स्थानीय युवा व्यापारी मिलेर नगर बस संचालन गर्न लागिएकोमा एक्कासी महानगरपालिकाले अवरोध खडा गरिदिँदा भरतपुरबासीमा चिन्ता बढेको छ । महानगर भित्र नगरवस संचालन गर्न नसकेर विस्थापित हुनु भनेको महानगरपालिकाका नगर प्रमुख मेयर दाहालको ठुलो कमजोरी भएको स्थानीयको भनाई छ । ग्लोबल मेट्रो सिटीका अनुसार महानगरले सिटी बस संचालन प्रकृयाको अवधारणालाई लत्याएको, ट्राफिक व्यवस्थापन गर्न नसकेको, ज्येष्ठ नागरिक, अपांग तथा विद्यार्थी वर्गका लागि सिटी बस संचालन समितिले राहतका प्याकेज ल्याउँदा पनि महानगर प्रमुखले वास्ता नगर्दा भरतपुरबासी नगर बस चढ्नबाट बन्चित भएका छन् । मेट्रो सिटीका व्यवस्थापकीय श्रोतका अनुसार महानगरपालिकाले स्मार्ट सिटीको अवधारणालाई ठाडै लत्याएको छ । नगर वस संचालन गर्न नसक्ने महानगर प्रमुखले स्मार्ट सिटीको सपना देख्नु भरतपुरबासीलाई झुक्याउने काम मात्र हो । लंकुको फनपार्कलाई महत्व दिने महानगरले सिटी बसमा अवरोध पु¥याउनु कहाँसम्मको बेइमानी हो ? भन्दै प्रा.लि.ले महानगरप्रति कटाक्ष गरेको छ । यता महानगरको उच्च श्रोतले नगर बस संचालन गर्नका लागि ग्लोबल मेट्रोले आवश्यक मापदण्ड पुरा नगरेको र घण्टौ सम्म लायन्सचोक र चौविस कोठीमा बस रोकेर यात्रुलाई हैरानी दिएकोले पनि बस संचालनमा बाधा पुग्न गएको जनाएको छ । महानगरका एक जिम्मेवार कर्मचारीले भनेका छन्– नगरबसले छोटो दूरीका यात्रु नउठाउने र लामो दुरीका मात्रै उठाउने गरेकाले अवधारणा नमिलेको हो ।
यतिखेर ती २५ थान बस शेयरधनीलाई जिम्मा लगाइएको छ । सिटी बसका नामबाट त्यस्ता बस नवलपुरको दुम्किवाससम्म पुग्दछन् । भरतपुरबाट चल्ने त्यस्ता बस महानगरभित्रका जगतपुर र पटीयानीसम्म पुग्दछन् । बसले नगर क्षेत्रका यात्रु उठाउने गर्दैनन् । सिटी बसको नाम दिइएपनि त्यस्ता बस लोकल बसको मापदण्ड अनुसार चलेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend