logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भान्छामा प्रयोग गरिने खाने तेल एक चर्चा सुरेश कुमार अधिकारी ‘मित्र’


  • जन आकाश
  • शुक्रबार, बैशाख ६ २०७६

हामीले भान्छा कोठामा खाने तेलको प्रयोग विभिन्न प्रकारको गर्ने गर्छौ । प्राचिनकालदेखि नै हाम्रो समाजमा तोरिको तेलको प्रयोग हुँदै आइरहेको छ । पछिल्लो केही दशकदेखि विभिन्न प्रकारका तेलहरु बजारमा उपलब्ध भएका छन् । तेलहरुका फाइदा र बेफाइदाको बारेमा ब्यापक प्रतिकृया भइरहेको हुन्छ । विभिन्न विज्ञापनहरुमा तोरीको तेल भन्दा अन्य ब्राण्ड सूर्यमूखि, मकै, भटमास आदीको तेललाई राम्रो बताइएको देखिन्छ । तेलहरु बाहेक बनस्पती घ्यू र गाई भैसीको शुद्ध घ्यूको पनि खानामा प्रशस्त प्रयोग हुने गरेको देखिन्छ । तोरीको तेल भन्दा अन्य तेलहरु साच्चिकै राम्रो हो त ? यसको उत्तर हामी सबैलाई चाहिएको छ । खाने तेल कस्तो हुनुपर्छ त भन्ने बारेमा चर्चा गरौँ– जुन तेलमा कार्बोहाइटेड,कम, प्रोटिन बढी फ्याट कम, फाइबर बढी, भिटामिन, मिनिरल बढी हुन्छ त्यो राम्रो र स्वास्थ्यकर मानिन्छ ।
कुनै पनि खाने तेलको प्रयोग बढी गर्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । तेललाई प्रयोग गरिने तरिकाले पनि यसको बेफाइदा बढी हुन सक्छ । त्यसैले सही खानेतेल रोजेर त्यसको उचित मात्रामा ठिक तरिकाले प्रयोग गरेमा स्वास्थ्यको लागि हानिकारक हुँदैन । महंगो हुने बित्तिकै र कोलेस्ट्रोल फ्रि लेखिने बित्तिकै यी तेलहरु गुणस्तर छन् हानिकारक छैनन् भन्न सकिँदैन ।
जस्तै तोरीको तेल, मकैको तेल, ओलिभको तेल, बनस्पतिको घ्यू, सूर्यमुखिको तेल, भटमासको तेल, आदी । खानेतेल किन्ने बेलामा होस पु¥याउनु अति जरुरी हुन्छ । यसको लागि कुनै पनि खाने तेलमा के के तत्वहरु हुन्छन् र त्यसको मात्रा कति हुनु पर्दछ यसको जानकारी हुन जरुरी छ ।
कुन तवरले शरीरलाई हानि पु¥याउँछ र कुनले फाइदा गर्छ, त्यो कुरा पनि थाहा हुन जरुरी पनि छ । कुनै पनि खानेतेल किन्नु भन्दा अगाडि यसमा ३ वटा कुराहरुको मात्रा हेर्नु पर्दछ । पहिलो सैचुरेटेढ फ्याट, दोश्रो पोलि अनसचुरेटेड फ्याट र तेस्रो मोनो अनसेचुरेटेड हेर्न जरुरी छ । सेचुरेटेड फ्याटले स्वास्थ्यलाई हानी पुर्याउँछ त्यसैले यसको मात्रा सकभर कम गर्नुपर्दछ । मोनो अनसेचुरेटेड फ्याटले शरीरलाई फाइदा गर्दछ, त्यसैले यसको मात्रा बढी हुनु राम्रो मानिन्छ । पोलि अनसेचुरेटेड फ्याटको मात्रा बढी हुनु पनि राम्रो हो ।
मोनो अनसैचुरेटेड प्mयाटलाई पोलि अनसैचुरेटेड भन्दा राम्रो मानिन्छ । सैचुरेटेड र ट्रान्स फ्याट स्वाथ्यको लागि हानिकारक हुने भएकोले यसको मात्रामा जति कम भए राम्रो हुन्छ । उदाहरणको लागि तोरिको तेलः यो तेल तोरीको लिनुबाट उत्पादन गरिन्छ । यसमा ६० देखि ७० प्रतिशत मोर्नास्टेड फ्याटी एसिड हुन्छ । यसमा १५ देखि २० प्रतिशत फेलिस्टेड प्याटी एसिड र १० देखि १५ प्रतिशत स्टुटडेट फ्याट हुन्छ । तोरीको बिउमा प्रशस्त ओमेडा–३, फ्याटी एसिड आइल, क्यालसियम, जिन, म्याग्नेसियम आदि तत्वहरु पाइन्छन् । जुन स्वास्थ्यको लागि लाभकारी मानिन्छ । तोरीको तेलमा ओमेगा–६ र ओमेगा–३ को अनुपात सर्बोत्तम भएको तथ्य प्रमाणित छ । यो अनुपात राम्रो भएको खानेकुरा मुुटुको लागि अत्यन्तै स्वास्थ्यकर मानिन्छ । यसले मुटुमा ब्लकेज हुनबाट जोगाउँदछ । ओलिभ तेल भन्दा पनि तोरिको तेलमा ओसाक– ६ र ओमेगा –३ को अनुपातमा राम्रो भएको पाइन्छ ।
आयुर्वेदक अनुसार यो तेललाई शरीरको मसाज गर्न एन्टिबायोटिकको रुपमा प्रयोग गरिन्छ । यसले शरीर बलियो बनाउनुको साथै रक्त सञ्चारमा सुधार ल्याउन भन्ने धारणा छ । विदेशमा गरिएको अध्ययनमा यो तेललाई नराम्रो बताइएको छ । तर यसमा पाइने पोषण तत्वहरु ओलिभको तेलसँग मिल्दोजुल्दो भएको पाइन्छ ।
हाम्रो संस्कृतिमा तोरीको तेलको प्रयोग हजारौं बर्षदेखि भई आएको छ । मुटु रोग पनि हाम्रो पूर्वजमा अत्यन्तै कम भएको सबैलाई थाहा भएकै कुरा हो । तोरीको तेललाई व्यापारको हिसावले तल्लो श्रेणीको देखाइएको मात्र हुन सक्छ ।
हाम्रो समाजमा सजिलैसँग र सस्तो पाइने तोरीको तेल जुन स्वास्थ्यको लागि फाइदा हुँदा हुँदै पनि अन्य विदेशी तेलहरुको व्यापक प्रचार प्रसार भएको कारण ति तेलहरु बजारमा हाबी भएको पाइन्छ । यसले स्वास्थ्यलाई प्रतिकूल मात्र होइन मुलुकको आर्थिक पक्षलाई समेत यसले धक्का दिएको छ । यो विर्सनु हुँदैन कि स्वदेशमै उत्पादित शुद्ध तोरीको तेल पहिले प्राथमिकतामा पार्न हामी सबैको जोड हुन जरुरी छ ।
एक पटक प्रयोग गरिसकेको तेललाई पुनः तताएर प्रयोग गर्नुहुँदैन । किनकी तेललाई पटक पटक तताउँदा अल्र्डहाइट नाम गरेको टक्सिस उत्पन्न हुन्छ । यस्तो तेलको सेवन गरेपछि यसमा भएको टक्सिसहरुले शरीरभित्रको प्रोटिन, एन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पु¥याउन सक्छ । तसर्थ एकपटक प्रयोग गरेको तेललाई पटक पटक प्र्रयोग गर्नु हुँदैन ।
सक्नुहुन्छ आफ्नै घरमा शुद्ध तोरीको तेलमा बनेको तर तेलको मात्रा कम भएको तरकारी खाने बानी बसाल्नुहोस् र खाजा पनि घरमा पकाएर टिफिनमा राखेर लागेको खाने, होटल, रेष्टुरेन्ट वा रिसोर्टमा खानेकुरा नखाने बानी बसालौँ । आफू पनि स्वास्थ्य बनौं अरुलई पनि स्वास्थ्य रहन सल्लाह दिउँ ।
(लेखक स्वास्थ्य रोग र पत्रकारिता क्षेत्रमा २०४० सालदेखि निरन्तर कृयाशिल छन् । साथै नेपाल पत्रकार महासंघसँग पनि आबद्ध छन्)



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend