जन आकाश
एन आई सी एशिया बैंक लि.को तारकेश्वर नगरपालिका वडा नं ११, काठमाडौं स्थित मनमैंजु शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा यस बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलबाट मिति २०७६ वैशाख १० गते भव्य समारोहका बिच उदघाटन भएको छ । उक्त शाखाको उद्घाटन समारोहमा बोल्दै मेयर बोहराले काठमाडौं उपत्यका भित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरण सम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । उक्त कार्यक्रममा खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराउनु भयो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend