logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पुनःनिर्माणमा खटिएका प्राविधिकहरु आन्दोलनमा


  • जन आकाश
  • बुधबार, बैशाख ११ २०७६

पुनःनिर्माणमा खटिएका प्राविधिकहरुले प्रोत्साहन भातmालगायत सेवा सुविधाको माग राख्दै पुनःआन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा २०७४ साउनवाट कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरु फेरी आन्दोलनमा उत्रिएका हुन् ।



प्राविधिकहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । यस अघि चैत महिनामा ५ बुँदे माग राखी सरकालाई दिएको ७ दिने अल्टीमेटम सकिदा पनि नेपाल सरकारको पक्षबाट कुनै पनि सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको वेनिघाट रोराङ गाउँपालिकाका प्राविधिक भद्रबहादुर कार्कीले बताउनुभयो । घामपानी, भौगोलिक विकटता नभनी फिल्डमा अतिरिक्त काम गरे वापतको सेवा सुविधा माग राखी पुन आन्दोलमा होमिनु परेको प्राविधिक कार्कीको दुखेसो छ । त्यस्तँै अर्का रामेछापको गोकुलगंगा गाउपालिका खटिरहेका प्राविधिक उमेस बुढाथोकीले भौगोलिक विकटतामा काम गर्नु पर्दा हरेक खालका अभाव सहेर काम गर्नुपर्छ तर सरकारले दिदै आएको प्रोत्साहन भत्ता पनि रोकेर नखाउ भने दिनभरिको सिकार खाउभने कान्छा वाउको अनुहार भएको छ भन्दै सरकारले राष्ट निर्माणमा खेलाचि गरेको समेत आरोप लगाए ।

विकट क्षेत्रमा ज्यान जोखीममा राखेर पुन निर्माणमा सामान्य तलवको भरमा खटिदाको पिडालाई सरकारले ध्यान नदिएको प्राविधिकहरुको गुनासो छ । भुकम्प अति प्राभावित सबै जिल्लाका प्राविधिकहरुले सामुहिक राजिनामा दिएर दोश्रो चरणको आन्दोलन सुरु गर्न लागेको हो । प्राविधिकहरु विच सोमबार भएको छलफलले १० गते सम्पूर्ण प्राविधिकहरुको राजिनामा संकलन गर्ने, ११ गते पत्रकार सम्मेलन गरेर सामुहिक राजिनामाका विषयमा जानकारी गराउने र १२ गते नेपाल सरकारलाई सामुहिक राजिनामाको घोषणा गर्ने निर्णय भएको प्राविधिकहरुले जानकारी दिएका छन । पटक पटक प्राविधिकहरुले काम ठप्प पार्दा पुन सर्वेक्षण सहित भुकम्प पिडीतलाई भने प्राविधिक परामर्श, किस्ता सीफारीस लगायतका काम प्रभावित हुने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend