जन आकाश
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब ४ हजार ईन्जिनियरहरुले बिहीबार सामुहिक राजीनामाको घोषणा गरेका छन् सगसगै उनिहरुले आफुहरुको आन्दोलनईन्जिनियरिङ एशोसिएसनले तुवाएको आरोप पनि लगाएका छन।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार भृकुटी मण्डप स्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष ई अविनाश अमरले राजीनामा घोषणा गर्दै भने,सरकारले हामीलाई अन्यायमा पारेको कारणले हामी चरणबद्ध आन्दोलनमा थियौं । तर, धैर्यताको बाँध भत्किएकोले आजैको मितिबाट लागू हुने गरी हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं ।’
आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामुहिक राजीनामा दिएको अध्यक्ष अमरले बताए ।
समितिले गत चैत्र ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो । तर, सरकारले चरणबद्ध आन्दोलन गर्दापनि जायज मागप्रति कुनै सुनुवाई नगरेको र उल्टै आफूहरुलाई सेवा सुविधाबाट बञ्चित गराएकोले बाध्य भएर राजीनामा घोषण गरेको समितिका अध्यक्ष ईअविनाश अमरले प्रस्ट्याए ।
सरकारले आफूहरुको माग सुनुवाई नगरेसम्म काममा नफर्किने समेत उनले स्पष्ट पारे ।
यसअघि चैत्र १२ गते नेपाल ईन्जिनियर्स एशोसिएसनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किए पनि सरकारले सहमति उल्लंघन गरेको समितिको आरोप छ ।
समितिले आफूहरुले खाइपाई आएको प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राखेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend