जन आकाश
मुक्तिनाथ विकास बैंक लि. र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १०% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गर्नु भएको छ । यस सुविधाबाट बैंकका भिजा डेविट कार्ड भएका सम्पुर्ण सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध गराउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend