जन आकाश
मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा मिति २०७६÷०१÷१३ गते बाट चितवनको, हाकिमचोक शाखा औपचारीक रुपमा शुभारम्भ गरेको छ ।
उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन । शाखा कार्यालय समुद्घाटन गदैै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरेकी थिइन ।
शाखा कार्यालयको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend