logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त


  • जन आकाश
  • आइतबार, बैशाख १५ २०७६

 



जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त हुनुभएको छ । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त हुनुभएको हो । ।जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त हुनुभएका शाक्यको विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशकभन्दा बढी लामो अनुभव रहेको छ ।
जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।
नेपाल धितोपत्र बोर्डबाट ईजाजत प्राप्त गरेसंगै जनता क्यापिटलबाट जनता बैंक नेपाल लिमिटेड र स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरि सकेको छ भने यसबाहेक अरु थुप्रै संस्थाहरुसँग शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend