जन आकाश
आधुनिक साइत्य परिषदको आयोजनामा आमा ख्वाउने औसीको अवसर पारेर आज डिल्ली रमण रेग्मी पुस्ताकालयमा आमा बिषयक बाचन, सम्मान तथा दुर्गा अधिकारीद्धारा लिखित हाइकु वर्णमाला विमोचन गरिएको छ ।
सयौ संख्यामा आएका साइत्यकारहरुको उपस्थितिमा कार्यक्रमको सभापति मुरली प्रसाद ढकालको आतिथ्यमा भएको थियो भने प्रमुख आतिथ्य प्रा.डा. र्गागी शर्मा रहनु भएको थियो र विषेश अतिथिहरुमा डा.बम बाहादुर थापा जितालि, डा.शैलेन्दु प्रकाश नेपाल, पुर्वरथि तेजप्रकाश बानिया रहनु भएको थियो । प्रमुख अतिथि शर्माकै हातवाट वरिष्ठ साइत्यकार पुर्व उपरथी विभिन्न पदकहरुवाट सम्मानित भइसक्नु भएका तेज प्रकाश बानिया र हाइकु बर्णमालाका लेखक दुर्गा अधिकारीलाइ सम्मान गरिएको हो । साथसाथै प्रमुख अतिथिकै हातवाट हाइकु वर्णमाला विमोचन गरिएको छ । उतm हाइकु वर्णमालाका लेखक दुर्गा अधिकारीको रचनालाइ गौरी पव्लिक रिलेशन एन पव्लिकेशनले प्रकाशनमा ल्याएको हो ।
आज नै आमा विषेयक कविता पनि प्रतिस्पर्धा गराइएको थियो झण्डै १०० भन्दा बढी कविहरुले भाग लिनुभएको थियो । कविहरुको उत्कृष्ट छुट्याउनको लागि प्रख्यात वेद अनुवादक जसले संस्कृतिमा लिखित वेदलाइ नेपालीमा अनुवाद गर्नु भएका तिलक लुइटेलको संयोजकत्वमा निर्णायक मण्डल बनाइको थियो ा निर्णायक मण्डलले दिएको अङकको आधारमा सवैभन्दा उत्कुष्ट कविता वाचन गर्ने कवि गंगा आचार्यलाइ प्रथम पुरुस्कार वितरण गरिएको थियो । उहालाइ कार्यक्रमकी प्रमुख अतिथिको हातवाट पुरुस्कार वितरण गरिइको थियो ा कार्यक्रमलाइ सम्वोधन गर्ने क्रममा प्रमुख अतिथि प्रा.डा. र्गागीले साइत्य पानी हो जीवन र जगतलाइ नभइनहुने, साइत्यले आशु पुच्छ, साइत्य भगवानको सोरुप हो ा भन्दै आमाको महत्वलाइ समेत आलोचनात्क ढंगवाट प्रष्ट्याउनु भएको थियो । आमाको वारेमा धेरै वोल्ने हरु नै घरमा आमा वुवालाइ बृद्धा आश्राम पठाउछन् भनि वोल्नु भएको थियो । भने कविता समेत वाचन गरेर मैले सिकाएको भाषा, वोलि, संस्कार र्विसिएर विदेशीएका छोराछोरीहरुलाइ सन्देश मुलक कविता मार्फत संकेत गर्नु भएको थियो। त्यसै गरी दुर्गा अधिकारीद्धार लिखित हाइकुको वारेमा खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रमलाइ आकर्षण वनाउन शुरु देखि अन्त्यसम्म गौरी पव्लिकेशनका प्रकाशक तथा साइत्यकार दामोदर ढकालले शैलीवद्ध ढंगावाट कार्यक्रम सफल वनाउन कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।
त्यस कार्यक्रमका मिडिया सहयोगीहरुमा जनआकाश मिडिया प्रा. लि.को प्रकाशन जन आकाश साप्ताहिक www.janaakash.com प्रमोटर मार्षिक र अन्य प्रकाशनहरु संसाक मार्षिक,कपन वानेश्वर साप्ताहिक, रहेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend