जन आकाश
कोहलपुर, बैशाख
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखाको उद्घाटन गरिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका छन । साथै सो अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृत श्री नामक अग्रिम भुक्तानी ÷ आजीवन बीमालेखको पनि अध्यक्ष बाट आरम्भ गरेका हुन । बीमा समितीको कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराउनुदै अब बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे । अध्यक्षले देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजिको एकिकृत गरी बीमा मार्फत सहि ठाउँमा प्रयोग भइरहेको स्पष्ट पारे । विगतमा बीमा भुक्तानीमा केहि समस्या आईरहेको भए पनि अब बीमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी र्निजीवन बिमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको अध्यक्षले स्पष्ट पारेका हुन । विशेष गरी नेपाल कृषि प्रधान मुलुक भएकाले पछिल्लो समय कृषि बिमालाई प्राथमिकता दिनुपर्ने भन्दै आधुनिक कृषिको विकासका लागि नेपालका बिमा कम्पनीहरुले कृषि बीमामा जोड दिनुपर्ने अध्यक्षको भनाइ रहेको थियो । पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गर्नु भयो । उहाँले बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीमा २ अरब रुपैया चुक्ता पूँजि हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्ता पूँजी रहेको र केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति र क्षेत्रमा बीमा गर्न आवश्यक रहेको कार्यक्रममा वताएका थिए । कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए । कम्पनीको प्रदेश नं. ५ का प्रमुख राम चन्द्र तिवारीले कम्पनीको नया बीमालेख अमृत श्री अग्रीम भुक्तानी÷आजीवन सहितको विशेषताहरु बारे कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण कम्पनीका नेपालगञ्जशाखा प्रमुख दिप नारायण खनालले गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend