logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महालक्ष्मी लाईफ इन्सुरेन्स र कामनासेवा विकास बैंकबिच सम्झौता ।


  • जन आकाश
  • आइतबार, बैशाख २२ २०७६

 



कामनासेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बिच आज संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासंगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा बिकस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।
काठमाण्डौ ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशको विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking C- ASBA ,लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउदै आएको तथा समय सापेक्ष आफ्नासेवाहरु थप गर्दैजाने बैंकको योजना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend