logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पञ्चकन्याद्धारा घोराहीमा तालिम सम्पन्न


  • जन आकाश
  • आइतबार, बैशाख २२ २०७६

 



पञ्चकन्या ग्रुप द्वारा सेकीसुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा विषेश प्लम्बिङ तालिम यहीं मिति २०७६ वैशाख १९ मा सञ्चालन भएर यही मिति २०७६ वैशाख २० गते, शुक्रवार घोराही, दाङमा समापन भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा ७२ जनाको सहभागीता भएको थियो ।
नेपालमा यस किसिमको तालिम दिने पहिलो निजि कम्पनी पञ्चकन्या ग्रुपले सर्वप्रथम प्रारम्भिक प्लम्बिङ तालिम दिइएकोे र यस कम्पनीले जापानको प्रख्यात कम्पनी सेकीसुइ र स्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी तथा प्रोफेशनल प्रशिक्षकद्वारा सहभागीहरुलाई प्रशिक्षण दिएको कार्यक्रममा जानकारी दिएको थियो ।
यस तालिम दिनुको कारण देशका बेरोजगार युवायुवतीहरु लाई सिपमुलक बनाएर आफ्नै देशमा आम्दानी सृजना गर्ने उदेश्य रहेको कार्यक्रमका वतmाले वताए । पञ्चकन्या ग्रुपले यस वर्ष नेपालको पूर्व देखी पश्चिम सम्म सधैझै प्लम्बिङ तालिम दिई रहेको हुदा इच्छुक भएकाहरुले इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत विवरण बुझाई सिपमुलक तालिममा सहभागिता भई सीप सिक्न अनुरोध समेत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend