जन आकाश
वैशाख २२ वगते कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित गोवर ग्याँस चोकमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याईएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक समारोहका विच बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि कृष्णनन्द जोशीले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराउनुहुँदै कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको बताउनुभयो ।
त्यस दिनदेखि प्रभु वैक वसञ्चालनमा आएको हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने गरी वैकले सुविधा दिन लागेको वैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend