जन आकाश
“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल “Mobile Banking V5” सेवा आज देखि प्रयोगमा ल्याएको छ । ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो । यो सेवा प्रयोगकर्ताहरुले Biometric login, QR payment, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न, E-SEWA मा जम्मा गर्न, ःMobile top up तय गर्ने स्ता भुक्तानीहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend