जन आकाश
चितवन । राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठी वैशाख २२ गते ३ नं. प्रदेशको पहिलो चरणको कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशीको अध्यक्षतामा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा भएको थियो ।
अवको २ वर्षपछि हुने जनगणना मुलुकको १२औं जनगणना हुने र यसको पूर्व तैयारी गर्दा कसरी गर्ने के के निती अपनाउने र यो अन्तर्राष्ट्रिय स्तरको कसरी बनाउने भन्ने बारेमा सोच राखेर विगतको अनुभव साटासाट गर्दै सबैखाले विषय बस्तु समेट्दै उच्च खालको डाटा ल्याउन सफल हुनु नै यस अन्तरक्रियाको मुुख्य लक्ष्य रहेको छलफलमा व्यक्त गरिएको थियो ।
विगतदेखि बर्तमानसम्मको अवस्थाको चित्रण गर्दै अवको तथ्यांक तथ्यपरक बनाउन गरिने विधिको स्लाइडबाट प्रस्तुत गरिएको थियो । संघीय संरचना बनेपछिको पहिलो जनगणना हुने र ३ वटै सरकार भएको अवस्थामा यो तथ्यांक कोशेढुंगा सावित हुने कुरामा दुईमत नरहेको धारणा व्यक्त गरियो । अवको गणनामा +२ गरेका, स्नातक गरेका, स्नाकोत्तर गरेका र प्राविधिक ज्ञान भएका युवाहरुलाई राखिने जानकारी गराइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend