जन आकाश
डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित हुनु भएको छ । एशोसियसनको मिति २०७६।०१।२७ गते, शुक्रबारको दिन होटल सांग्रिला, लाजिम्पाट, काठमाण्डौमा सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले निम्न बमोजिमको कार्य समितिका पदाधिकारीहरु चयन गरेको छ ।
अध्यक्ष गोविन्द प्रसाद ढकाल, गरिमा विकास बैंक, प्रथम उपाध्यक्ष प्रद्युमन पोखरेल, मुक्तिनाथ विकास बैंक, द्धितिय उपाध्यक्ष रेशम बहादुर थापा, गण्डकी विकास बैंक, महासचिव मनोज कुमार ज्ञवाली, ज्योति विकास बैंक, सचिव प्रदिप कुमार श्रेष्ठ, तिनाउँ विकास बैंक, कोषाध्यक्ष सुयोग श्रेष्ठ, सांग्रिला डेभलपमेण्ट बैंक, सदस्य तर्फ क्रमस ः रमेश प्रसाद जोसी., सिन्धु विकास बैंक, नरेश सिंह बोहरा, लुम्विनी विकास बैंक, विरुराम जैसी, कञ्चन डेभलपमेण्ट बैंक, प्रविन वस्नेत, कामना सेवा विकास बैंक र नविन सुवेदी, सप्तकोशी डेभलपमेण्ट बैंकका प्रतिनिधिहरु निर्वाचित हुनु भएको छ ।
नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार सम्हालेको छन् ।
एशोसियसनको तेह्रौं वार्षिक साधारण सभाले आ.व. २०७४÷०७५ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७५÷०७६ को अनुमानिस आय ब्याय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
जम्मा २९ सदस्य विकास बैँकहरु मध्ये २५ जना सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको सक्रिय सहभागिताले उक्त कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ । नव र्निर्वाचत पदाधिकारीहरुलाइ जन आकाश मिडियाको तर्र्फवाट पनि हार्दिक वधाइ तथा पुर्ण सफल कार्यकालको शूभकामना
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend