logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंकको नयाँशाखा विस्तार ।


  • जन आकाश
  • मंगलबार, बैशाख ३१ २०७६

 



प्रभु बैंकले नयाँ शाखा सञ्जालविस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५, ढुंगेधारामा मिति २०७६ बैशाख ३० गतेदेखि ढुंगेधारा शाखाकार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहका विच उद्घाटन गर्नुभएको हो ।

प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखाकार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथिको तर्पmबाट मन्तव्य राख्नुहुँदै डेपुटीगभर्नर शिबराज श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुम ाआप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाहगर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले आप्mनै घर आँगन नजिकबाट विन ाझण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्तभएको बताउनुभयो । शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend