जन आकाश
“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न वित्तीय सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले हिजोबाट आफ्नै “कामना सेवा रेमिट” शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गर्नुभएको थियो । विविध विशेषताहरु सहित आफना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । कामना सेवा रेमिटको प्रयोगबाट सम्पूर्ण ग्राहकहरुले सुरक्षित, भरपर्दो, सरल तथा सुलभ तवरले विप्रेषण सेवा लिन सक्नेछन् भनि वैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend