logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राप्रपा (लोकतान्त्रिक) ले बुद्धजयन्तीको अवसरमा जलपान गर्ने


  • जन आकाश
  • बिहिबार, जेष्ठ २ २०७६

मिति २०७६ साल जेष्ठ ४ गते शनिबार २५६३ औँ बुद्ध जयन्तीको सु–अवसरमा राप्रपा (लोकतान्त्रिक) ले बौद्ध, स्वयम्भु लगायत देशभरका विभिन्न गुम्बाहरुमा  जलपान कार्यक्रम गराउने भएको जानकारी गराएको छ । उक्त कुरा राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङले जनआकाश मिडियालाई भगवान गौतम बुद्धको जन्म जयन्तीको अवसरमा बौद्धराष्ट्रको एजेण्डा आफुहरुको भएको र गौतम बुद्ध नेपालीहरुको पहिचान, ईतिहास र विश्वका लागि शान्तिका दुत भएका हुनाले विश्वमा बढिरहेको अशान्ति, हिंसा, अमानविय गतिविधिहरुलाई बुद्धको शान्तिको सन्देशद्धारा विश्वमा नै शान्ति फैलाई मानव कल्याणको लागि बुद्धत्व पवित्र भएको जनाएका हुन् । साथै अध्यक्ष तामाङले नेपाल कुनै जाति वा धर्मको आधारमा नभई बुद्ध जन्मिएको आधारमा बौद्धराष्ट्र हुनुपर्ने बताउँदै आईरहेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend