जन आकाश
मोहन कार्की
काठमाडौं संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।विभिन्न चोकहरुवाट पत्रकारहरु वानेश्वरमा नारा जुलुस गदै ब्यानर वोकेर वानेश्वर पुगेका थिए । पत्रकारहरुको स्वतन्त्रताको लागि विभिन्न संघ संस्थाहरुले समेत एक्यवद्धता जनाएका थिए । पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज शुक्रबार पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित प्रदर्शन गरेका हुन् । विधेयकका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलित छ । काठमाडौंबाहिर पनि आज जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन भैइरहेको समाचारहरु प्रप्त भएको छ । विशेष गरेर चितवनमा त्यसको प्रभाव देखिएको हाम्रा चितवन संवाद
दाता मोहन पोखेलले जानकारी गराइ राखेका छन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend