logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कुवेतबाट ‘मेगा रेमीट’ सेवा प्ररम्भ ।


  • जन आकाश
  • शनिबार, जेष्ठ ४ २०७६



मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ ।

मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, अलमुल्लाको मोबाइल एप मार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ ।

नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्ट मार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend