logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंकको रामनगर एक्स्टेन्सन काउण्टर सञ्चालनमा


  • जन आकाश
  • शनिबार, जेष्ठ ४ २०७६


हिजोदेखि रुपन्देही जिल्ला वुटवल उपमहानगरपालिका वडा नं. १०, रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा प्रभु बैंक लि.को एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याईएको छ । बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले एक समारोहका विच बैंकको रामनगर एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि बालकृष्ण थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराउनुहुँदै कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनाआवाश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको बताउनुभयो ।
हिजा्ेदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend