logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्स बीच सम्झौता ।


  • जन आकाश
  • मंगलबार, जेष्ठ ७ २०७६



ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच जेठ ७ गते बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको छ ।
सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गर्नुभएको छ । यस बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् भनि उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend