जन आकाश
हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालीका— १, स्टेशनरोडमा मिति २०७६ जेष्ठ ८ गतेदेखि आफ्नो ५८ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको समुद्धघाटन प्रदेश नं २ का मुख्यमन्त्री मो. लालबाबु रावतले गरेका थिए । सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरे ।
बैंकले तेस्रो त्रयमासको अन्त्यसम्मा रु. १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु. ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा रु. २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ । हाल बैंकको एटिएम संख्या ११५ र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend