जन आकाश
च्ुानाव हारेर मुर्छा परेको काँग्रेस यतिखेर जनजागरण अभियानमा लागेको छ । दुईवटा कम्युनिष्ट पार्टी एक भएर आएका कारण पार्टीको सर्वनाम हार भएको बताउने गरेको सभापति शेर बहादुर देउवा आगामी चुनावमा पार्टीलाई १ नम्बरको बनाउने कसम खाँदै छन् । जनजागरण अभियान मार्फत काँग्रेसले देशभरका कुनाकुनामा सम्मेलन अन्तरक्रिया काँग्रेसका बुढापाकालाई सम्मान गर्दै जनता समक्ष पार्टी हार्नका कारण बारे सचेतना जगाउँदै छ । वर्तमान कम्युनिष्ट सरकारले मुलुक र जनता प्रति गरेका छलकपट ढाँटशैली र अधिनायकवादी चरित्रको पर्दाफास गर्ने र काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने कोसिमा तहलिन रहेका सभापनि देउवाको भावि राजनितिक कार्यदिशा सफल हुन्छ कि हुँदैन ?दुई वटा कम्युनिष्ट पार्टी एक भएका र गणतन्त्र स्थापना भई संघिय संरचना तयार भईसकेको अवस्थामा काँग्रेसका लागि यस्तो चुनाव प्रणाली लाभदायी हुन्छ कि हुदैन ? संवैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रको ईतिहास बोकेको नेपाली काँग्रेसले यस्तो शासन पदतीको अनुशरण गर्दा राष्ट्र अनिष्टमा पर्ने त होईन ?भन्ने प्रश्नले पनि जनमानसमा ठाउँ पाएको छ । अब कसरी चल्छ त देश ? एक विश्लेषण ………..
प्रधानमन्त्री के.पी. ओलीले एकताका भनेका थिए–“वयल गाडा चढेर अमेरिका पुग्न सकिदैन” । त्यसबेला उनी एमालेका अध्यक्ष थिए । गणतन्त्र प्रति ओलीको यो व्यागंत्मक प्रहार थियो । जुन बेलामा तत्कालीन माओवादीले नेपालमा गणतन्त्र स्थापनालाई एउटा वटम लाईन बनाएर अघि बढ्दै थियो । ओलिले प्रचण्ड पथको गणतन्त्ररुपी यात्रालाई त्यसैबेला प्रहार गरेका थिए । अहिले एमाले र माओवादीको एकिकरण भई सरकार पनि यिनैको बनेका कारण केपी ओलीले सरकारको नेतृत्व गरेका छन् र गणतन्त्ररुपी यात्रालाई पनि सहर्ष स्वीकार गरेका छन् । एमाले भन्दा निकै सानो पार्टी भएता पनि माओवादीको तुजुक यसपटक निकै बढेको छ । कारण प्रचण्डपथमा नजानिदो किसिमबाट केपी ओली अघि बढिसको छन् । तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको राजनितिक कार्यदिशाले सफल गरिसकेका अवस्था छ किनकि प्रचण्डले वयाल गाडा चढाएर केपी ओलिलाई अमेरिका पुर्यासकेका छन् । राजतन्त्र फाल्ने पनि माओवादी हो । गणतन्त्र ल्याउने पनि माअोवादी हो । लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई संघिय संरचनामा डोर्याउने पनि माओवादी नै हो र धर्म निरपेक्षतालाई अंगाल्दै हिन्दु धर्म मेट्ने पनि माओवादी नै हो भन्दै प्रचण्डले मुलुकमा ठूलो उपलब्धी हासिल भएको सगर्व बताउँछन् । प्रचण्डले भने झैँ मुलुकमा तयार भएका यस्ता संरचनाबाट ०६२ सालबाट मुलुकले के कति प्रगति हासिल गर्यो त ? यस तर्फ थप विवेचना ….
पहिलो र दोस्रो तहमा काँग्रेस र कम्युनिष्टहरुको चर्चा गरियो । काँग्रेस आतिसकेको छ र मात्तिसकेको पनि छ । दुई ठूला पार्टीको एकिकरण पछि बनेको सरकारका सामु भविष्यमा पनि कुनै जोड चल्न सक्ने देखिदैन । भविष्यमा कम्युनिष्ट सरकार रहे पनि नरहे पनि पार्टीगत हिसाबले यिनीहरु गाउँतहसम्म मजबुद भएकोले आगामी चुनावमा पनि कम्युनिष्ट नै पहिलो शत्ति mबन्ने निश्चित नै छ । शक्तिको अगाडी जे पनि गर्न सक्ने राजनितिक इतिहास नेपालले भोग्दै आएको छ ।
यो देशमा कुनै दर्शन छैन । पार्टीको गलत व्यवहारका विरुद्ध जनतालाई सडकमा उतार्ने बैकल्पिक शक्ति मुलुकमा तयार नभएको हुँदा कम्युनिष्ट शक्ति छाडा भएको छ । किनकि प्रतिपक्ष धेरै कमजोर, गतिहिन र डिप्रेशनको रोगी जस्तो भईदिदा कम्युनिष्ट शक्तिलाई बल पुगेको छ । मुलुकमा व्यापक भ्रष्टचार , हत्या, बलात्कार र डकैती जस्ता घटना बढिरहँदा पनि प्रतिपक्ष काँग्रेसले कम्युनिष्ट सरकारका विरुद्ध प्रभावकारी योजना लिएर जनतामा जान सकेको छैन । कम्युनिष्टहरुका तुलनामा प्रतिपक्ष काँग्रेस लगायत अरु साना पार्टीहरु पनि धेरै कमजोर भएका कारण सर्वसत्ताबाद हावि भएको छ ।
अब हुँदाहुँदा प्रधानमन्त्री आफ्नो स्वविवेकले विकास कार्यमा खर्च गर्न पाउने गरि आफ्नो मातहतमा ७५ अर्व सम्मको बजेट छुट्याएका छन् । कसैले चु सम्म बोल्न सकेको छैनान् । सर्ब सत्ताबाद कै एउटा नमुना अन्र्तगत प्रेस माथिको अंकुश लगाउने योजना सरकारले गर्दैछ । चारै तर्फ कस्दै जाने र अन्त्यमा प्रतिपक्ष विनाको एकलौटि राज स्थापना गर्ने बाटोमा एकिकृत पार्टी लागिसकेको छ । यदि यो अविवेक कार्य सफल भयो भने अझ धेरै वर्ष कम्युनिष्ट राज चल्ने निर्विवाद जस्तै छ । किनकि राणा शासनपनि १०४ वर्ष चलिसकेको ईतिहास छ ।
निस्र्कष के निकाल्न सकिन्छ भने अहिलेको २१ औँ शताब्दीको युगमा स्वेच्छकारी शासनविदहरुको लडाईमा जनता अवश्यपनि सडकमा आउने छन् । राष्ट्रियतालाई भन्दा लोकतन्त्र र गणतन्त्रलाई महत्व दिदै सत्तारुढ तथा प्रतिपक्ष दुवै शक्तिलाई राष्ट्रप्रेमी शक्तिले नियाली रहेको अवस्था छ । जनतालाई एकिकृत गर्दै उक्त शक्ति अगाडी बढ्ने र नेपथ्यबाट सुरक्षा संयन्त्रले साक्षीको कामगर्ने निश्चित जस्तै देखाएकाले गणतन्त्रका साथै संयन्त्र कामयावी नबन्ने र मुलुकलाई निर्वाध रुपले प्रजातान्त्रिक बाटोमा अघि बढाउन प्रेरणा मिल्ने बाटो तयार हुँदै गरेको विश्लेषण गर्न सकिन्छ ।
प्रेस माथिको हमला नागरिक समाज मानव अधिकारीबादी संघ संस्था, विदेशी कुटनितिक नियोगहरुले आपत्ती जनाई सकेका छन् । जनस्तरबाट पनि तिब्र बिरोध हुने क्रम पनि जारी छ । आगोको सानो झिल्कोले सबै खरानी बनाई दिन्छ भने झैँ समय हुँदै त्यो सानो आगोको झिल्कोलाई निभाई दिन सकेन भने मुलुकमा बिकराल परिस्थिती उत्पन्न हुँने विषयमा कुनै शंका रहँदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend