जन आकाश
चितवन ईच्छा कामना ३ दारेचोक (अति र्दुगम) गाउँमा सामुदायिक स्वास्थ्य चौकि स्थापना भएको छ । पहिलो पटक गाउँमा स्वास्थ्य चौकिको रुपमा स्वास्थ्य सेवादिने उदेश्यले स्थापना भएको चौकिले स्थानीय बासिन्दाहरुमा उपचारको लागि सादरमुकाम भरतपुर गईराख्न नपर्ने भएको छ । सामान्यउ पचारका लागि पनि घण्टौ लगाएर सदरमुकाम जानु पर्ने समस्या समाधान भएको स्थानीय बासिन्दाहरु बताउँछन् । अब वडा वडामा स्वास्थ्य इकाइ स्थापना गर्ने सरकारको नितिले गति लिएको हो कि होईन भन्ने आभाष भएको गाउँलेहरुको भनाई रहेको छ । अबको दिनमा सिमान्तकृत चेपाङ जातिले स्वास्थ्य उपचार बेलामै पाउने भएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend