जन आकाश
काठमाडौ कामना सेवा विकाश बैक र बैंक अफ काठमाडौं क्यापिटल मार्केट लि.सँग सम्झौता भएका्े छ । यस सम्झौता अनुसार अब ग्राहकहरुले देशभरि छरिएर रहेका यस बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् । साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केट लि.को तर्फबाट प्रमुख कार्याकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरी सम्झौता गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend