logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

इस्काई वर्थका सामान गुणस्तरहिन


  • जन आकाश
  • सोमबार, जेष्ठ १३ २०७६

इस्काई वर्थका सामान गुणस्तरहिन
स्मार्ट एपलाइन्सेन्स प्रा.लि. का नामबाट बजारमा व्यापार गर्दै आएको
स्मार्ट एपलाइन्सेन्स प्रा.लि. का नामबाट बजारमा व्यापार गर्दै आएको Skyworth कम्पनीमा उत्पादनहरु ग्ुणस्तरहीन भएको पत्ता लागेको छ । विदेशमा विक्री वितरण गरिसकेका र पुनः फिर्ता गरिएका फ्रिज, इलेक्ट्रीक जग, राइस, कुक्कर, टिभी, एसि, विभिन्नि घरायसी प्रयोजन प्रयोग हुने िसामानहरु विक्री वितरण गर्दै आएको स्मार्ट एपलाइन्सेन्स कम्पनीले Skyworth मा सेकेन्ड ह्याण्डका सामानहरु भएको र अहिले गर्मीको मौसममा बढी प्रयोग हुने एसि विभिन्न अफिस, घरमा मानिसहरुले दैीनक पत्रिकाहरुमा विज्ञापन प्रकाशन गरेको आधारमा विश्वास गरेर किनेको र किनेको दुइदिनमा नै विग्रने गरेको ग्राहकहरुले गुनासो गर्ने गरेका छन् ।
नेपालमा उपभोक्तालाई भ्रममा पारी उपभोक्तालाई गुणस्तरहीन सामान विक्री वितरण ठगी गरेको खण्डमा के छ त व्यवस्था भनि आजीवन उपभोक्ताको हकहितको निम्ति लागेमा उपभोक्ता मञ्च नेपालका अध्यक्षलाई हामीले टेलिफोन गरी सोध्दा उपभोक्ता संरक्षण ऐन २०५६ अन्र्तगत मूल्यसूची नराखि वा उपभोक्ताले प्रयोग गरेको वस्तुबाट क्षति भएका ५ वर्ष कैद र १० लाख सम्म जरिवाना व्यवस्था गरेको छ भनि बताए । तर नेपालमा ठुलालाई तैन सानालाई ऐन भने जस्तै भएको देख्न सकिन्छ । उक्त स्मार्ट एपलाइन्सेन्स प्रा.लि.का सञ्चालक दगड गु्रप अन्र्तगतका केएला दुगड अर्थात किसनलाल दुगडको कम्पनी हो उनलाई नत कानुनले छुन्छ न त ऐनले त्यहि भएर कवाडीमा फालिएका विदेशका सेकेन्ड ह्यान्ड सामानहरु खुलेआम रुपमा नेपालमा विक्री वितरण हुँदा समेति कसैको ध्यान गएको छैन ।
अर्काे अचम्म यो पनि छ । त्यस कम्पनीमा काम गर्नेहरु माथि श्रम शोषण, गाली व्यइजत गर्ने घृणित कार्य समेत हुने गरेको नेपाली नागरिकहरु भन्दा इन्डियनहरुलाई रोजगारीमा प्राथमिकता दिने गरेको त्यहाँ काम गरिरहेकाहरुले बताएका छन् । नेपालमा स्वतन्त्रपूर्वक लगानी गरेर व्यापार, उद्योग खोल्न जो कोही नेपालीले पाउँछन् तर गलत ढंगबाट गुणस्तरहीन सामान विक्री वितरण गर्न सकैले पनि पाउँदैनन् । त्यस कारण गुणस्तरहिन सामान विक्री वितरण गर्दै आएको Skyworth तुरुन्तै वन्द गर्न चौतफी दबाब बढेको छ । त्यसो गर्न नसकिएमा धेरैभन्दा धेरै सोझा साझा नेपालीहरु ठगिने निश्चित छ । सम्बन्धित निकायको ध्यान पुगोस ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend