जन आकाश
नेपालमा भारतीय सरकारको ५० प्रतिशत लगानीमा सञ्चालित एलआइसी जीवन बिमा कम्पनीले नेपालका विमितहरुलाई चरम ठगी गरेको जानकारी प्राप्त भएको छ । काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालित एलआइसी नामक बिमा कम्पनीले विमितबाट उठाएको रकम हिनामिना गरी ठगि गरेको खुल्न आएको छ ।
काठमाडौंमा पटक पटक भूमिगत शैलीमा कार्यालय सारिरहने एलआइसी बिमा कम्पनीले विमितहरुको बीमा वापतको विमाङ्क रकम फिर्ता नदिएको र विभिन्न वाहाना बताएर बीमाको पुरा किस्ता तिरिसकेपछि प्राप्त गर्नुपर्ने विमाङ्क र बोनस पाउने नियम हुन्छ तर एलआइसिले रकम नदिएको, कतिपयले जीवन बीमा गरेका तर दुर्घटना जीवन वीमा वापत प्राप्त गर्नुपर्ने रकम नदिएको हुनाले छापामार शैलीमा कार्यालय सारिरहने एलआइसीको हालसालै सानो गौचरणबाट पुतली सडकको स्टार मलमा सारिएको कार्यालयमा अचेल दिनहु विमित र विमाङ्क ग्राहकहरु आफुले विमा गरेको रमक बिमा विमाङ्क फिर्ताको लागि एलआइसीको कार्यालयमा धाउने गरेको तर एलआइसीले विमाङ्क फिर्ता समयमा नगर्दा विमितहरु तनाबमा आई बादविवाद गरिरहेको देख्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend