जन आकाश
प्रभु बैंक लिमिटेडले अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मिति २०७६÷०२÷१५ देखि कञ्चनपुर जिल्ला पुनर्वास न.पा. वडा नं.३ स्थित पुनर्वासमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको पुनर्वास न.पा.का नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका थिए ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी पुनर्वास न.पा.का नगर प्रमुख जीवनराज थापाले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताएका हुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend