logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

विप्लपलाइ वार्तामा ल्याउन नेकपा माओवादी केन्द्रको माग ।


  • जन आकाश
  • बिहिबार, जेष्ठ १६ २०७६


काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिब कर्णजित बुढाथोकीले वर्तमान सरकारले विप्लव नेतृत्वको नेकपालाई दमनको सट्टा औपचारीकरुपमै वार्तामा बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छन् । आफ्नो पार्टीमाथि पनि सरकारको कुदृष्टि सरकारको भएको भन्दै विरोधस्वरुप बिहिबार राजधानीस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै राजनीतिक र लोकतान्त्रिक विधिबाट राज्य चलाउन समेत पार्टीले आग्रह गरेको छ ।



वर्तमान सरकारको रवैयाले ऊ दिनप्रति दिन अलोकप्रिय बन्दै गएको भन्दै, “अब यस्तै बढ्दै गए, प्रधानमन्त्री ओली र बेलगाम गृहमन्त्रि बादलको राजिनामा माग्ने बेला नआउला भन्न सकिन्न” महासचिब बुढाथकीले पत्रकारहरुको प्रश्नमा सो जवाफ पनि दिएका छन् ।बुधबार सो पार्टीको नेवा ताम्सालीङ्ग प्रदेशको आयोजनामा भएको १२ औं गणतन्त्र दिवसका अवसरमा गरिएको कार्यक्रममा प्रहरी हस्तक्षेप तथा पार्टी नेतृत्वको गिरप्तारीको विरोध पत्रकार सम्मेलन मार्फत गरेको थियो । आगामी दिनमा यस्ता फासिवादी घटना भए सरकार विरुद्ध कडारुपमा प्रस्तुत हुने महासचिब कर्णजित बाुढाथाकी‘ सुशिल’ले चेतावनी दिए ।

महासचिब बुढाथोकीले अहिले नेपालमा सरकार र विद्रोही नेकपाबीच कडा द्वन्द चलेको र ती दुबै पक्षलाई वार्तामा ल्याउन र शन्तिका लागि आफूहरुले पुलको भुमिका खेलेको अवस्थामा आफ्नो पार्टी माथि नै खनिने सरकारकारी ब्यवहारप्रति रोश प्रकट गरे । उनले विप्लव नेतृत्वको नेकपाका मागहरुलाई वार्ताका माध्यमबाट सुल्झाउनुको सट्टा दमनमा उत्रने सरकारको योजनाले स्वयम सरकारकै निम्ति घातक हुने धारणा राख्दै भने,“जनयुद्ध लडेको शक्तिलाई दमन गरेर तह लगाउँला भन्नु ओली–बादल–प्रचण्डको लागि प्रतिउत्पादक बन्छ, त्यसैले उहाँहरुले तत्काल विप्लव कम्रेडलाई औपचारिकरुपमा बार्तामा बोलाउनु पर्छ ।” सरकारले विद्रोही शक्तिालाई कम आकलन गरेर राजनीतिक भन्दा अराजनीतिक ब्यबहारको परिणामको राम्रो पाठको अनुभब अहिलेका सत्ताशिनहरुलाई भएकोले पनि विकसित घटनामा सर्तक हुनु पर्ने धारणा राखे ।

पार्टीका उपाध्यक्ष तिलक थापामगरले गणतन्त्रप्राप्तिको निम्ती महत्वपूर्ण भूमिका खेल्ने पार्टी र शाक्तिलाई गणतन्त्र दिवस मनाउन नदिई गिरप्तार गरेर कार्यक्रम विथोल्ने अराजनितिक स्वच्छाचारी क्रियाकलाप आगामी दिनमा दोहोरिएको खण्डमा थप संर्घषको कार्यक्रम गर्न बाध्य हुने र यस्ता जनविरोधी गातिविधि सच्याउन सरकारलाई आग्रह गरे । त्यसैगरी पार्टी सचिब राजन तिमिल्सीनाले संविधानले दिएको अधिकार मूल मर्म मन्यतालाई कुल्चदै पञ्चायती शैलीमा राजनितिक दलका नेता कार्यकर्ता गिराप्तार गर्नुले सरकार जनविरोधी भएको पुष्टी गरेको बताए ।

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले यस्तै रबैया बढ्दै गए निकट भिविष्यमा प्रम ओलि तथा गृहमन्त्री बादलको राजिनामाको लागि बाध्यकारी आन्दोलन गर्ने चेतावनी दिए । बुधबार काठमाडौंको रत्नपर्कमा शान्तिपूर्णरुपमा मनाइरहेको गणतन्त्र दिवसका बेला सरकारद्धारा पार्टी महासचिव कर्णजित बुढाथोकी, सचिव राजन तिमिल्सिना,अखिल नेपाल सुकुम्बसी संघका अध्यक्ष कुमार राई ३ नं। प्रदेशका युवा संयोजक कपिल सिजापति र क्रान्तिकारी ट्रेड यूनियन महसंघका केन्द्रिय सदस्य रामशरण मगरलाईे गिराप्तार गरिएको थियो ।

सो विषयप्रति घोर भत्र्सना गर्दै गणतन्त्रको रक्षा गर्दै समाजवाद स्थापनाको लागि माओवादी नेतृत्वमा देशभक्त वामपन्थी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला गणतन्त्रको वास्तविक हिमायती माओवादी पार्टीप्रति दुरव्यवहार गर्नुले राजतन्त्रको पक्षधर व्यक्तिलाई थप हौसला मिल्ने र गणतन्त्र संघियता, धर्मनिरपक्षता लगायतका उपलब्धीहरु गुम्ने संभावना झनै बढेर गएको धारणा अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका रायमाझीले बताएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend