logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मन्थलि नगरपालिका वडा नं. १२ मा वाई.फाई. (Wi – Fi ) फ्रि योजना


  • जन आकाश
  • शनिबार, जेष्ठ १८ २०७६



मोहन कार्की

आ.व. २०७६र०७७ को वजेट तर्जुमा तथा योजना भेला मन्थलि नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्णहरि अधिकारिको अध्यक्षतामा सम्पन्न भएको छ । वडा अध्यक्षले कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रम शुरु गर्नु भएको थियो । वडा सचिव अन्जना खड्काले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडाका सदस्य राधिका खड्काले गर्नु भएको थियो भने वडा सदस्यहरुले आ(आफ्नो क्षेत्रका योजनाहरु लिएर उपस्थििति हुनुभएको थियो ।
आज मनपा १२ का वडा अध्यक्ष कृष्णहरि अधिकारिले आगामि आर्थिक वर्षमा प्रस्तुत गर्नुभएका विभिन्न योजनाहरु मध्य सवैभन्दा महत्वपुर्ण प्रशंसनीय योजनाको रुपमा वडा भरि सवैको पँहुचमा पुग्ने गरि वाई.फाई. फ्रि योजना रहेको प्रस्ताव छलफमा ल्याउनु भएको थियो । वडा स्तरिय भेलामा उक्त योजना प्रस्तुत गर्नु भएको थियो । भेलामा सहभागिहरुलाई सम्वोधन गर्दै अहिलेको यूग सूचनाको यूग भएको घरका वृद्ध वुवा आमाले समेत हाम्रो वृद्ध भत्ता वढ्यो कि वढेन भनेर नेटको सहायता खोज्नुहुन्छ भने अहिलेका नयाँ पुस्ताले विश्वमा भइरहेका प्रगतिका वारेमा जानकारि राख्न उत्सुक भएका हुन्छन् । यि हाम्रा पुराना र नयाँ पुस्ता दुवैका चाहाना मेट्ने गरि हाम्रो वडामा वाई.फाई. फ्रि गर्न लागेको कार्यक्रममा वताउनु भएको हो । उक्त योजनालाइ सवैले प्रशंसा गदै सर्मथन गरेका थिए ।
त्यसैगरि आज वसेको वडा स्तरिय भेलाले आर्थिक वर्ष २०७६र०७७ को वजेटलाई कसरि परिणाममुखि वनाउने र प्राथमिकिकरण गर्ने भन्ने विषयमा विभिन्न गाउँ टोलहरुवाट प्रतिनिधिको उपस्थिति भएको थियौ । यो भन्दा अगाडि जेठ १५ गते टोल भेला सम्पन्न भइ सुझावहरुसमेत संकलन गरिसकेको र आज वडा स्तरिय भेलामा प्राथमिकिकरणका विषयहरु कृषि , सडक, सिँचाई र खानेपानिमा गहन छलफल तथा अन्तक्र्रिया भएको थियो । त्यसमध्य सवैभन्दा महत्वपुर्ण विषय खानेपानि, सडक र सिचाँईलाई प्रतिनिधित्व गरि आएका व्यक्तिहरुले उल्लेखित विषयहरु उठाएका थिए । उक्त विषयहरुलाई नै प्राथामिकता दिएर कार्यन्वयनमा लैजाने विषय उपस्थित प्रतिनिधिहरुलाई विश्वस्त पार्दै वडा अध्यक्षले सम्वोधन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend