जन आकाश
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालनगर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता,ग्राहकहरुमा व्यवसायिक साक्षरता”भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । व्यवसायिक साक्षरता तालिममा व्यवशायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु,बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली,मुल्य अभिबृद्धि कर,उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो । उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।
बैंकले आयोजना गरेको यस तालिममा बैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाण्डौबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंक लि.ले व्यवसायिक साक्षरता कार्यक्रममार्फत व्यवसायीहरुलाई व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ त्यो प्रशंसनीय भएको साहभागिले प्रशंसा गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend