जन आकाश
३ नं प्रदेशको खेलकुदलाई विकास गर्ने उदेश्यले सरकारी स्तरको एकमात्र संस्था राष्टिय खेलकुद समितिको नेतृत्वमा डिलकुमारी नेपालले आफ्नो दावी गरेकी छन् ।
क्रिकेट खेलको क्षेत्रिय स्तरको ख्यातिप्राप्त खेलाडी नेपाल मध्यक्रमका व्याट्म्यान एवं उत्कृष्ट वलर हुन् ।
नेपालको क्रिकेट खेलका वरिष्ठ प्रशिक्षकद्धय जतग टमाटा एवं राजु गुरुङको हौसलाले यो स्थानमा आएको नेपालको धारणा रहेको छ ।
प्रदेश नं ३ को क्रिकेटको प्रशिक्षक समेत सहेकी नेपाल हालै सम्पन्न आठौं राष्ट्यि खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेकी थिईन् ।
२०६८ सालमा चितवन जिल्लाको पहिलो राष्टिय वास्केटवल खेलाडीको क्याप्टेन समेत रहेकी नेपाल २०६५ सालवाटै क्रिकेट खेलमा परिचित भैसकेकी थिइन् ।
खेलकुदको क्षेत्रमा करिव दर्जन वर्ष पहिलेवाट आफ्नो प्रतिभा देखाएकी नेपाल भलिवल, नेटवल, क्रिकेट, वास्केटवल लगायत आधा दर्जन भन्दा वढी खेलमा अनुभव रहेको वताउँछिन् ।
खेलक्षेत्रमा आफु दिलोज्यान दिने नेपाल आफु प्रदेश नं ३ को संयोजक भए खेलकुद क्षेत्रको आमुल सुधार गर्ने योजनाका साथ संयोजकको दावी गरेको वताउँछिन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend