जन आकाश
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आईरहेको छ । आजवाट थप सुविधाहरु सार्वजानिक गरेको छ । “बचत पनि विमा पनि” नयाँ बचत खाता संचालनमा ल्याएको छ । यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु् सार्वजानिक गरी सुविधा थपेको आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । जस अन्तर्गत ती खाताहरु खोल्ने ग्राहक महानुभावहरुलाई जम्मा रु. १६ लाख सम्मको विमाको व्यवस्था गरिएको जनाएको छ जुन खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घातक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेका छन् । जुन खाता खोल्दा ग्राहक महानुभावहरुले मासिक ७∞ ब्याज प्राप्त गर्न सक्नुहुनेछ भने न्यूनतम मौज्दात रु.५०००÷–, रु.१५०००÷– तथा रु.२५०००÷– रहेका छन् । यो खाता खोल्ने ग्राहक महानुभावहरुले लकर सुविधामा विषेश छुट, निशुल्क ABBS तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यसरी सांग्रिला डेभलपमेन्ट बैंकले बैकिङ्ग सम्बन्धी विभिन्न सुविधाहरु अन्तर्गत ग्राहकहरुको सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो नयां बचत खाता योजनाको थालनी गरेको आजको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend