logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंकको नया शाखा कार्यालय विस्तार


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ३१ २०७६


प्रभुबैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरेको छ । २०७६÷०२÷३० देखि कैलाली जिल्ला गोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय खोली संचालनमा ल्याएको छ । उक्तशाखाको गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका थिए ।



शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेका थियो । कार्यक्रमका प्रमुख अतिथी गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखाका र्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend