जन आकाश
महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा नवलपुर जिल्ला, कावासोती नगरपालिका वडा नं ८, स्थित कावासोती शाखा कार्यालयको मिति २०७६÷०२÷३०गते औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन प्रमुख अतिथि कावासोती नगरपालिकाका नगर प्रमुख चन्द ्रकुमारी पुनले दीप प्रज्वलन गर्नु भएको थियो ।
कार्यक्रमकै क्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताउनु भएको थियो र महालक्ष्मी विकास बैंक लि.ले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादन मूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिनु भएको थियो । यसका अतिरिक्त बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिक हितका कार्यहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । विशेषतःवहाँले सो क्षेत्रमा महिला साक्षरता अन्तर्गतका कार्यक्रमहरुमा बैंकले पर्याप्त सहयोग गर्ने जनाउनु भएको थियो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको छ वैकले जनाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend