logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लोक सेवा आयोगको विज्ञापन संविधान सम्मत छ, रद्द हुँदैन काबा प्रम पोखरेल


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ३१ २०७६



काठमाडौँ – काबा प्रधानमन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन संविधान सम्मत भएकोले रद्द नहुनेँ बताएका छन् । उनले प्रदेश लोक सेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले नै स्थानीय तहको कर्मचारी नियुक्त गर्ने संविधानमा व्यवस्था गरिएको उल्लेख गरेका छन्। विधेयक फिर्ता गराउनका लागि सरकारले लोक सेवा आयोगमाथि अनुचित हस्तक्षेप गर्न नमिल्ने बताए ।
सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग उनले लोक सेवा आयोग संवैधानिक अंग भएकाले संविधान सम्मत ढंगले अघि बढाएको प्रक्रियामाथि कार्यपालिकाले अनुचित हस्तक्षेप गर्न नमिल्ने बताएका हुन् । सोमबार बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको निष्कर्ष निकाल्दै तत्काल रद्द गर्न आयोगलाई निर्देशन दिएको थियो ।
तर, कार्यबहाक प्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार आयोगले स्थानीय तहको कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको उल्लेख गर्दै कार्यपालिका, न्यायपालिका, विधायक सबै विज्ञापनमाथि हस्तक्षप गर्न नपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend