logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लोक सेवा आयोगको विज्ञापन रद्ध भएमा देशको लागि र्दुभाग्य हुन्छ । लालबाबु


  • जन आकाश
  • शनिबार, जेष्ठ ३२ २०७६


आज सञ्चार केन्द« नेपालले लोक सेवा आयोगले स्थानीय तहको थालिएको परिक्षामा देखिएको अन्यौलताको निकाश विषेयक अन्र्तरक्रिया कार्यक्रममा वोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवै प्रकृया सवैधानिक छ । राज्य व्यवस्था सुशासन समितिले दिएको र्निदेशन सवैधानिक छैन । तथ्य परक छैन । अध्ययन गरिएको छैन । अनाआवाश्यक समावेशी छैन भनेर उछालिएका छन् यो लोक सेवा आयोगको विज्ञपन सामान्य प्रशासनले स्थानिय सरकारको आग्रहमा गरिएको हो अहिले सम्म कुनै पनि स्थानीय निकायले हाम्रो विज्ञापन फिर्ता गर भनेर काहीवाट पनी नआएको हुनाले यो फिर्ता हुनुपर्ने कारण नभएको मन्त्रीले बताउनु भयो । अयोग्य मान्छेहरुलाइ करारमा नियुतm गर्न लोक सेवा आयोगको प्रतिष्ठा माथि प्रश्न गरेर जाने र विज्ञापन रद्ध गर्ने अवस्था सकभर आउदैन आयो भने देशको लागि र्दुभाग्य हुन्छ भन्दै मन्त्रीले चिन्ता समेत व्यातm गरे ।
त्यसैैगरी लोक सेवा आयोगका प्रवतmा किरणराज शर्माले लोक सेवा आयोग कानुन पालना गर्ने निकाय भएको हुनाले र लोक सेवा आयोगको काम निष्पक्ष, स्वतन्त्र, योग्यता हेर्ने रहेको लोक सेवाले कुनै जात लिङ वर्ण चिन्दैन । तर कानुनले दिएको खुल्ला ५५ मधेशी २२ दलित ९ अपाङ ५ पिछडिएको ४ प्रतिशत कायम छ त्यसको आधारमा आयोगले काम गर्ने हो ४को ठाउमा ४नै हन्छ त्याहा ५ ह्ुदैन ।भन्दै आफ्नो आकडा सहितको तथ्य पेश गदै लोक सेवा आयोगको प्रतिवेदन सुनाउनु भएको थियो ।
त्यसैगरी पुर्व सचीवहरु शकर प्रसाद कोइराला, सुभदेव खत्री, शान्त बाहादुर श्रेष्ठ, सारादा प्रसाद त्रिताल लगायतले आफ्नो नीजामति अनुभव सुनाउदै सारादा त्रितालले म सखशभाको मान्छे नीजामति सेवामा ३२ वर्ष काम गर्दा र खरदार देखि सहसचीव हुदा त्याहा लोक सेवा आयोगले त्यतिवेला देखि यतिवेला सम्म निष्पक्ष, स्वछन्दता, र प्रतिवद्धतामा कुनै कमी नभएको र आउदा दिनमा पनि यो कायम रहनेमा विश्वस्थ भएको अभिव्याति दिनुभएको थियो ।
लोक सेवा आयोगले आवाहान गरेको विज्ञापनको विषयमा त्यो विषय सर्वोच्च अदालत गइसकेको अवस्थामा उपभोक्तावादी र वकिल समेत रहेका हरि प्रसाद मैनालीले कार्यक्रमलाइ सम्वोधन गदै सर्वोच्चमा निसुल्क वकालत गर्ने पनि वताए ।
त्यसैगरी युवासंघका अध्यक्ष रमेश पौडेलले असवैधानिक तरवरवाट आएको राज्य व्यवस्था समितिको र्निदेशन खारेज गर्नुपर्ने भनाइ राखेका थिए । यो सवैधानिक तरवरवाट यो विषय नआएको र खालि यसलाइ राजनीतिकरण गरेर भटकाउन खोजिएको भनाइ राखेका थिए ।
त्यसैगरी युवासंघका उपाध्यक्ष परशुराम बस्नेतले पनि लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन ठिक ढगवाट आएको छ । यो युवा बिध्यार्थीको लागि खुसीको कुरा हो । यसलाइ कसैले रोक्छ भने लाखौ विध्यार्थीहरु चुप लागेर नवस्ने भन्दै अभिव्यतिm दिएका थिए । कार्यक्रमको सभापतित्व सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाइले गर्नुभएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend