logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मन्थली नगरपालिाकामा वडा अध्यक्ष र प्रशासकीय अधिकृतवीच हानाहान । मेयर बस्नेत घाइते ।


  • जन आकाश
  • बुधबार, असार ४ २०७६


रामेछाप नगरपालिकामा बजेटको विषयलाइ लिएर हातपात सम्मको घटना भएको छ ।गएको वर्षको योजनाहरुको भुक्तानि पाउनुपर्ने वडा अध्यक्षहरुको माग थियो तर कार्यकारी अधिकृत टेक कुमार रेग्मीले प्रक्रिया नपुगेका योजनाहरुको भुक्तानी दिन नसक्ने भन्दै कार्यपालिकाको वैठकमा अडान राखेका थिए विवाद बढदै जादा जन प्रतिनिधि र प्रशासकीय अधिकृत वीच भनाभन समेत चल्दै वैठकको अन्तिम अवस्थामा चिया खाना प्रयोग भएका प्लास्टिकका गिलास कार्यलयमा राखिएको नेम प्लेट जस्ता वस्तुहरुले अन्दाधुन्ध प्रहार गर्न थालेपछि नगरपालिकाका मेयर रमेश बस्नेतले छुट्यान प्र¥यास गर्दा नेमप्लेटले बस्नेतको टाउकोमा लागि घाइते वन्न पुगेका थिए ।
विषेस गरेर नगरपालिकाको वाडन ५ का राम बाहादुर कार्की र कार्यपालिका सदस्य उद्धव रम्तेलले हामी जन प्रतिनिधि वजेट नदिने त को भनेर टेवल ठटाएपछि कार्यकारीले पनि म याहाको आधिकारिक अधिकृत हु विधि र प्रक्रिया नपुगेका योजनालाइ वजेट दिन्न भन्दै प्रशासकीय अधिकृतले पनि टेवल ठटाउदै भनाभन गरेका थिए भनाभनले उग्र रुप लिदै गएपछि दुवै तर्फवाट गिलास हानाहान भएको थियो ।
यस घटनापछि मन्थली नगरपालिकाको १० गते हुन लागेको नगरसभा स्थिगीत भएको छ ।
हाल मन्थली नगरपालिकाको सवैभन्दा जल्दो वल्दो समस्या खानेपानिको रहेको छ । त्यस विषयमा के भइरहेको छ यसवर्ष वजेट कति छुट्याउनु भएको छ भनि यसै सन्दर्भमा मेयर बस्नेतलाइ सोधेका थियौ बस्नेतले खानेपानीको लागि जम्मा २० करोड वजेट छ । यो भन्दा अगाडी नै चलिरहेका लिफ्टीङ खानेपानिको काम भइरहेको ५ वटा ट्याङकी बनिसकेका छन् हाम्रो वजेटले मात्रैै नपुग्ने भएको हुनाले संघिय सरकारको समन्वमा अवको दुइ तिन बर्षमा खानेपानीको समस्या हल हुन्छ । त्यसमा सालु, सुनुवारपानी, कठजोर को टेण्डर भइसकेको छ । ७ वडाको डिपीआर भइसकेको पनि हामीलाइ जानकारी गराएका छन् । हामीलाइ लागेको चै केछ भने मन्थली अत्याधिक गर्मी हुने शहर भएको हुनाले अरु जतिसुकै विकाश गरे पनि पानीको अभाव भयो भने विकाशको औचित्य रहदैन त्यस कारण रामेछामको जाहा ठाउहरुको नाम सुनारपानी छ त्याहा खानेपानीको अभाव हुनु जतिको लाजमर्दो अरु हुन सक्दैन त्यसैले मन्थली नगरपालिका भित्र खानेपानी समस्या छिटो हल गरेमा जन प्रतिनिधिहरुले स्यावासी पाउने थिए । वाटोमा वजेट खनाएर आफ्नै डोजर टिपर चलाइ नाफा मात्र कमाउन खोज्ने जनप्रतिनिधिहरुलाइ चेतना हुनुपर्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend