logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एन आई सी एशिया र राष्ट्रिय बिमा संस्थान बिच सम्झौता ।


  • जन आकाश
  • बुधबार, असार ४ २०७६



एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका छन ।

मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको वैक हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend