logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कैलाली हावाहुरी पिडितको लागि आर्थिक सहयोग ।


  • जन आकाश
  • शुक्रबार, असार ६ २०७६



गत जेठ २३ गते सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकको तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उप महानगरपालिका प्रकोप ब्यबस्थापन कोष’लाई बैंकको तर्फबाट रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो । उक्त सहयोग रकमको चेक बैंकको सुदर पश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्द प्रसादm भट्टले धनगढी उप महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गर्नुभयो । उक्त रकम पिडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिनेछ । जनता बैंकले संस्थागत सामाजिक उत्तर दायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवि प्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend