logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रभु बैंकको ललितपुरमा शाखा


  • जन आकाश
  • शुक्रबार, असार ६ २०७६



प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मिति २०७६÷०३÷०६ देखि ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । बैंकको इमाडोल शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस इमाडोल शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताउनु भयो ।

इमाडोल शाखा समेत गरी बंैकले हालसम्म १८५ वटा शाखा, १४६ वटा ब्त्ः र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।
आजदेखि सञ्चालनमा आएको उक्त शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र नगरवासीहरुको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend