logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशियाले “eSewa Counter Deposit” सेवा सुरु ग¥यो ।


  • जन आकाश
  • शुक्रबार, असार ६ २०७६



एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो eSewa खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ । हाल ग्राहक महानुभावहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा इ(बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्नुहुन्थ्यो भने अब“eSewa Counter Deposit” को सेवाबाट पनि eSewaको एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नै eSewa मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको वैकको दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend