logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सांग्रिला र प्राईम लाईफ बीच बैंकास्योरेन्स सम्झौता


  • जन आकाश
  • सोमबार, असार ९ २०७६



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका छन । उक्त सम्झौता पछि साग्रीला विकाश बैंकका ग्राहक महानुभावहरुले बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सेवा सञ्चालनबाट ग्राहक महरुलाई अझ सरल र सहज तरिकाले बीमा सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने सुविधाको थालनी गरेको सम्झौत ागर्ने क्रममा वताइएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend