logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता सरकार पछि हटन बाध्य ।


  • जन आकाश
  • मंगलबार, असार १० २०७६



काठमाडौं । सरकारले राष्ट्रिय सभाबाट गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ फिर्ता लिएको छ ।

गत वैशाख १७ गते संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक मंगलबार फिर्ता लिइएको हो । भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री पद्मा अर्यालले मंगलबारको राष्ट्रिय सभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव राखेकी थिइन् । मन्त्री अर्यालले राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछी विधेयक फिर्ता भएको हो । सरकारले राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेका किसान तथा गुठीको अधिकार संरक्षण गरी सर्बसाधारणहरुको हित कायम गर्न र गुठी जग्गाको उत्पादकत्व बढाउने भन्दै विधेयक ल्याएको थियो ।

सांस्कृतिक सम्पदाका रुपमा रहेका भनिएका गुठीहरुलाई प्राधिकरण मातहत लागिएको भन्दै विधेयकको व्यापक विरोध भएपछि सरकारले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो । राजधानी काठमाडौंसहित देशभर व्यापक विरोध भएपछि मन्त्रीस्तरीय निर्णयबाट गुठी विधेयक फिर्ता लिने निर्णय गरिएको थियो ।

भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री पद्मा अर्यालले गत मंगलबार पत्रकार सम्मेलन गर्दै गुठी विधेयक फिर्ता लिने निर्णय भएको बताएकी थिइन् ।गुठी बिध्यक फिर्ता नहुने भन्दै सरकारले अडी कसेपनि अन्तमा सरकार पछि हटन बाध्य भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend