जन आकाश
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी साधारण सभा तथा संघको निर्वाचन असार २७ को लागि तोकिए पनि साधरणसभा र निर्वाचनकेही महिना सर्न सक्ने बताइएको छ । निर्वाचन सार्नुको कारण संघमा आवद्ध १ हजार प्रतिनिधि भएपनि हालसम्म २२० जनाले मात्र सदस्यता रिनु गरेका छन् । यस्तो अवस्थामा निर्वाचन गर्दा सन्देश राम्रो नजाने र वैधानिक प्रप्त नहुने संघका एक खालका पदाधिकारीहरुको भनाइ आएको छ । अका्र्र थरीले भने समयमै निर्वाचन गर्नुपर्छ भन्दै अडान कसीरहेका छन् ।
चुवान तोकेको मितिमा हुने हो वा होइन निश्चित नभइराखेको अवस्थामा लोकतन्त्रिक समुहमा भने विवादको चरम रुप देखिएको छ । विवादको चुरो केहो भनि हामीले लोकतन्त्रिक बैदेशिक रोजगार फोरमका सल्लाहकार तथा नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका पुर्व अध्यक्ष बिमल ढकाललाइ सोधेका थियौ उनले भने विधि र प्रक्रियावाट बाहिर गएर हतारमा कमल तामाङलाइ मनोमानि ढङगवाट टिकट दिएको कुरा बाहिर आएको छ । प्रक्रिया नै गलत भएको छ । जनआकाशलाइ भने । यो कुरा नेपाली काग्रेस पार्टीमा पनि गइसकेको हुनाले चाडै विवाद सामाधान हुने गरी निर्णय आउने मा आफु विस्वस्थ रहेको जनाए ।
फोरमले संघको लागि अध्यक्षको उम्मेद्वार कमल तामाङलाई बनाउने निर्णय गएको विहिबार गरेको थियो । फोरमका अध्यक्ष हंशराज वाग्लेको टिमले गरेको निर्णय कोरम नपुगेको र बैधानिकता नभएको आरोप निवर्तमान अध्यक्ष बिष्णु प्रसाद गैरेले जनआकाश सँग कुरा गदै भने लामो समय देखि यस व्यवसायमा लागेका हामीहरु जस्तै भुवन गुरुङ, बिमल ढकाल, जस्ता थुपै साथीहरु हुदाहुदै सल्लाह नै नगरी एक तर्फी ढङवाट कमल तामाङको नाम आएको छ । यो अवस्थामा हामी गम्भिर हुन बाध्य भएका छौ गैरेले भने । एता कमल तामाङको भनाइ के छ त भनि टेलिफोनमा हामीले सोधेका थियौ तामाङले त चुनावको लागि टिम बनाइ सकेको लिष्ट पो पढेर सुनाउन थाले उनले सुनाएको लिष्ट यस्तो छ । अध्यक्ष कमल तामाङ
वरिष्ठ उपाध्यक्षमाहंशराज वाग्ले, सुजित श्रेष्ठ, उपाध्यक्षमा किशोर केसी, महासचिवमा तारानाथ अर्याल, सचिवमा पुष्प न्यौपाने, कोषाध्यक्षमा कमल काफ्ले, सह कोषाध्यक्षमा मनसुनकाजी क्षेत्री । त्यस्तै सदस्यहरु कृष्ण कुमार जैसी, मेघनाथ भुर्तेल, हेमा गुरुङ, देव कुमार खोखाली, कर्णराज कटुवाल, शिशिर विष्ट, प्रकाश बोहोरा, बाबुलाल मगर नरेन्द्र, सैलेश कार्की, सञ्जय पनेरु, तुलसी पुरी, सविन गौतम, काशीनाथ कोइराला र अमिर बास्तोला सहित २१ सदस्यीय कार्यसमिति गठन गरी सकेको बताए ।
फोरमको बैठक बस्नका लागि २१ सदस्यीय कार्यसमितिको मध्ये आवश्यक कोरम बिना नै बैठक बसेको तथा निर्णय अल्पमतमा रहेको फोरम निकट व्यवसायीको दावी छ। तामाङलाई संघ अध्यक्षको उम्मेदवार बनाउने विषयमा निर्णय गर्न बसेको बैठकमा १० जनामात्र उपस्थित रहेको बैठकको माइन्युट देख्न सकिन्छ ।
लोकतान्त्रिकको विवाद पार्टी कार्यलय सम्म पुग्यो ।
फोरम भित्रको विवाद व्यवसायीहरु बीच छलफल नहुँदै नेपाली कांग्रेस केन्द्रसम्म पुगिसकेको छ। ओखलढुंगाका कार्यालय सचिव शान्तबहादुर राईले सभापति शेरबहादुर देउवालाई पत्र पठाइ प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार प्रदीपकुमार सुनुवारलाई हराउन कमल तामाङ र हंशराज वाग्लेले भूमिका खेलेको पत्र मार्फत जानकारी गराएका छन्। पत्रको सार यस्तो छ ।
‘नेपाल लोकतान्त्रिक वैदेशिक राजगार व्यवसायी फोरमले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासीको रुपमा महासमिति सदस्य कमल तामाङलाई उम्मेदवार सिफारिस गरेको छ भन्ने सुनिनमा आएको छ’, पत्रमा भनिएको छ, ‘कमल तामाङ गत२ ०७४ को संघ र प्रदेशको निर्वाचनमा ओखलढुंगा जिल्ला प्रदेश ‘ख’का स्वतन्त्र उम्मेदवारको बुथ एजेन्ट प्रतिनिधि समेत बनि पार्टीको आधिकारिक उम्मेदवार पार्टी सभापति प्रदीपकुमार सुनुवारलाई हराउन ठूलो भूमिका निर्वाह गरेको र निजलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति एवम् संघ र प्रदेश चारै जना उम्मेदवारहरूले समेत कारबाहीको सिफारिस गरी केन्द्रीय अनुशासन समितिमा पठाइएको व्यहोरा जानकारी गराइएको व्यहोरा अनुरोध छ ।’ पत्रमा अर्को नेपाल लोकतान्त्रिक बैदेशिक राजगार फोरमका अध्यक्ष समेत रहेका हंशराज वाग्लेको समेत नाम उल्लेख देखिन्छ । हेर्नुस पत्रको सार
‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हंसराज वाग्लेले समेत संघ र प्रदेशको निर्वाचनमा असहयोग गरी मतदान समेत गर्न नआएको हुँदा निजहरू दुबै जना कमल तामाङ र हंशराज वाग्लेलाई वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी सिफारिस नगराउनु हुन आदेश अनुसार अनुरोध गर्दछु’, पत्रमा भनिएको छ।
जिल्ला कार्यालयबाट केन्द्रीय कार्यालयमा पठाइएको पत्रबारे हालसम्म कुनै आधिकारिक निर्णय केन्द्रले गरेको छैन । तामाङ र वाग्लेको विगतको कार्यशैलीलाई लिएर जिल्लापार्टीले आवश्यक कारवाही गर्नुपर्ने माग गरेको छ । । तर ६ जनाको हस्ताक्षरले नै कोरम पुग्ने फोरम अध्यक्ष वाग्लेले दावी गरे। विधानत ५१ प्रतिशतको उपस्थिति कानूनी हुने र त्यसको बहुमतले गरेको निर्णय नै मान्य हुने उनले दावी गरे ।
भुवन गुरुङ पनि आक्रोशित
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष समेत रहेका भुवन गुरुङ नेपाल लाकतान्त्रिक व्यवसायी फोरमले गरेको निर्णयवाट आफु सन्तुष्ट हुन नसकेको प्रतिक्रिया दिएका छन् । जन आकाश सँग कुरा गदै गुरुङले भने यस्तै अवस्था रहने र योगदान पू¥याउने व्यातिmत्वहरुलाइ पाखा लगाउने र विवादमा परेकाहरुले मात्र अवसर पाउने हो भने हाम्रो भविश्य अन्धाकार हुन धेरै समय लाग्दैन त्यसकारण पार्टी पार्टी आवद्ध संघ संस्थाले बेलैमा ध्यान दिनु पर्नेमा उनको जोड थियो ।
बिष्णु प्रसाद गैरे के भन्छन् ।
संघको निर्वाचनमा लोकतान्त्रिक पक्षधरले हार्नु हुदैन । तर प्रक्रिया बाहिरवाट आएको व्यतिmले भोलि पार्टी हितको लागि काम गर्छ भन्ने विश्वास के त्यसकारण पार्टीले जे निर्णय गर्छ । त्यसमा हामी सवै मिलेर अध्यक्ष जिताउन लाग्छौ तर त्यो निर्णय नहुन जेल सम्म कमल तामाङको विधि भन्दा बाहिरवाट आएको निर्णय हामी मान्न तयार छैनौ ।
काग्रेस भित्र अन्यौल
नेपाली काग्रेस पार्टीको बैदेशिक रोजगार हेर्ने बिभाग यतिवेला छैन । विगतमा सुरेन्द्र पाण्डेले उतm विभागको जिम्मेवारी हेदै आएको भए पनि पछिल्लो समय कार्य व्यस्तताका कारण कुनै काम भएको देखिदैन । विवादले चरम रुप लिइसक्दा समेत काग्रेस पार्टी चु सम्म नवोलि बसेको छ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी संघ काग्रेसको जन बर्गीय संगठनमा विवाद आएको धेरै नेताहरुलाइ जानकारी भए पनि कुनै निर्णय नगर्दा अन्यौल झनै बढेर गएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend