logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कामना सेवा विकास बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • आइतबार, असार १५ २०७६


कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा मिति २०७५ साल असार १४ गते शनिबारका दिन काठमाडौं डिल्लीबजार स्थित अमृत भोगमा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २,५०,२६,५५,५१९.२३ को ८ प्रतिशतका दरले हुन आउने रकम रु. २०,०२,१२,४४१.५४ नगद लाभाँश र १.५ प्रतिशतले हुने रकम रु. ३,७५,३९,८३२.७९ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४÷०७५को वासलात, नाफा÷नोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्थातथा चालु आर्थिक वर्ष २०७५÷०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरणर भावीकार्य योजना समेत प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना सहित अगाडि बढेको बताउनु भयो ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापनगर्नु भएको थियो । शेयरधनीहरुले उठाउनु भएको विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गर्नुभएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend