logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

जुत्ताघरद्वारा छात्रवृत्ति कार्यक्रम


  • जन आकाश
  • सोमबार, असार १६ २०७६


काठमाडौं । हिजो नाचघरस्थित जुत्ताघरले एक कार्यक्रम आयोजना गरी २०७६ सालमा एसइई दिएका छात्राहरुलाई छात्रावृद्धि प्रदान गर्ने जनाएको छ । उक्त जानकारी पत्रकार सम्मेलन गरी गराएको हो ।
कार्यक्रमका सभापति समेत रहेका होमनाथ उपाध्यायले पहिलो पुरस्कार छात्रावृत्ति रु. ५० हजार एकजनालाई, दोश्रो पुरस्कार नगद छात्रावृत्ति रु. २५ हजारको दरले दुईजनालाई तेश्रो पुरस्कार छात्रावृत्ति १० हजारको दरले ५ जनालाई र सन्तवना पुरस्कार कलेज डे«स र जुत्ता २०
जनालाई उपलब्ध गराउने जानकारी गराएका थिए । सँगसँगै सोमबार बाट नै समर सेल मेला शुरु भएको जानकारी दिए । त्यस कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघका वस्तुतगत तर्फका उमेश लाल श्रेष्ठ रहनुभएको थियो । विशेष अतिथिहरुमा नेपाल फुटवेयर म्यानुफ्याक्चर्सका पूर्व अध्यक्ष रविन्द्र श्रेष्ठ, रामकृष्ण प्रसाई, बर्तमान अध्यक्ष कृष्ण फुयाललगायतको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend