logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सिटी एक्सप्रेस मनी ट्रान्स्फर र सामसङ्ग विच सम्झौता ।


  • जन आकाश
  • सोमबार, असार १६ २०७६


काठमाडौं, १६ असार, सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रा. लि ले आप्mनो ग्राहकवर्गहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग साझेदारी गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रा. लि.का तर्फबाट प्रभाकर शम्शेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् साथै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरका काउन्टरबाट पनि यस सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ । यो योजना असार १६, २०७६ बाट लागू भएको कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend